Hit >



For english version go to this link: viagra for women


पुरुषका लागि मात्रै उपलब्ध रहँदै आएको भियग्रा अब महिलाका लागि पनि आउने भएको छ । यदि पुरुषका लागि यो उपलब्ध छ भने महिलाका लागि किन नहुने ? यो प्रश्न लाखौँ महिलाले विभिन्न फोरममा सोध्ने गरेका छन् र अब उनीहरूका लागि खुसीको खबर आएको छ । हालै मात्र वैज्ञानिकहरूले महिलाका लागि पनि भियग्राको निर्माण गरेका छन् । वैज्ञानिकहरूले झन्डै ४० प्रतिशतभन्दा बढी महिलाले आफ्नो यौन जीवनमा पूर्ण सन्तुष्ट लिन नसकेकाले उनीहरूका लागि चरम यौन आनन्द प्रदान गर्न यो औषधिको उत्पादन गर्न लागेको बताएका छन् ।


 


महिलाका लागि चरम यौन आनन्द प्रदान गर्न र उनीहरूको यौन जीवन सुखमय बनाउनका लागि मेडिकल जाइन्ट पिफ्जर यो औषधि विकासमा लागिरहेको छ । भर्खरै यसको विकास हँुदै गरेकाले अहिलेसम्म यसको प्रयोग जनावरमा मात्र गरिएको पिफ्जरले जनाएको छ । बि्रटिस अनुसन्धानकर्ताहरूले हालसालै यसको अध्ययन मुसामा गरेका थिए । औषधिलाई मुसामा प्रयोग गरी हेर्दा मुसाको यौन जीवनमा ठूलो परिवर्तन आएकाले यो महिलाका लागि प्रयोगमा ल्याउन सकिने अनुसन्धानमा संलग्न क्रिस वेम्यानले बताए । उनका अनुसार यो औषधिले माहिला यौनकार्यमा संलग्न हुँदा उसको दिमागमा यौनको तीव्र चाहना बढ्ने र शारीरिक तथा मानसिक रूपमा पनि बढी सक्रियता बढाउने गर्छ । औषधिले रगतको माध्यमबाट महिलामा यौनको चरम उत्कर्षमा पुर्‍याउन सहयोग गर्नेछ ।


 


औषधिलाई अहिले नै बजारमा ल्याउन हतार गर्न नहुने भन्दै वेम्यान भन्छन्, 'हामी अझ औषधिको अध्ययन तथा अनुसन्धान गरिरहेका छौँ । औषधि प्रयोगबाट हालसम्म साइड इफेक्ट नपर्ने देखिएको छ । तर पनि सम्पूर्ण अध्ययन सकिएपछि मात्र बजारमा ल्याइनेछ ।'


source : weeklysmashing.blogspot.com


For english version go to this link: viagra for women






Related Posts